कमजोर कांग्रेस ! ओली र देउवा सरकार बनाउन शितल निवास लागे
पाेखरा | पुस १०, २०७९
पोखराः राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न दिएको अन्तिम घडी सकिनै लाग्दा नेपाली राजनीतिमा ट्विस्ट आएको छ ।
सत्तापक्ष गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेपछि अब नेपाली कांग्रेस कमजोर बनेको छ ।
बालकोटबाट निस्केपछि अहिले अध्यक्ष प्रचण्ड र ओली सरकार गठनको हिसाबकिताब लिएर राष्ट्रपति निवास शितल निवास हिँडेका छन् ।
फुटेर पुनः जोडिने भएपछि ठूलो दल कांग्रेस एक्कासी कमजोर भएको छ । दुई अध्यक्षबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएपछि अब देशमा कम्युनिष्ट सरकार बन्ने सम्भावना बढेको छ ।
कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबै आफैसँग राख्ने बताएपछि प्रचण्ड बालकोटतर्फ मोडिएका हुन् ।
एमाले र तेस्रो दल माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टी र अरु साना दलहरू समेटेर नयाँ सरकार बनाउने सहमति गरेसँगै कांग्रेस प्रतिपक्षमा बस्ने निश्चितप्रायः भएको छ ।
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...
पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ । फाइनल खेलमा टिम क्रियटरलाई...
पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

